काठमाडौँ : सानाइ ताकाइची जापानको प्रधानमन्त्रीमा निर्वाचित हुनुभएको छ । उहाँ देशको पहिलो महिला प्रधानमन्त्री बन्न सफल हुनुभएको हो । आज भएको संसद्को चुनावमा उहाँले ऐतिहासिक मत प्राप्त गर्नुभएको बीबीसीले जनाएको छ ।
Advertisement
जापानमा पहिलो महिला प्रधानमन्त्रीका रूपमा सत्तारुढ लिबरल डेमोक्रेटिक पार्टी ९एलडीपी० ले उहाँलाई अघि सारेको थियो । ताकाइचीको पार्टी एलडीपी र जापान इनोभेसन पार्टी ९जेआपी० बिच रातारात भएको सहमतिका कारण उहाँ प्रधानमन्त्रीमा निर्वाचित हुने तय भएको थियो ।
संसदले नयाँ प्रधानमन्त्री चयन गरेपछि अब नयाँ सरकारले आफ्नो मन्त्रिपरिषद्का सदस्यहरू घोषणा गर्नेछ । त्यसपछि पहिलो मन्त्रिपरिषद् बैठक बस्नेछ । नयाँ प्रधानमन्त्रीको पत्रकार सम्मेलन पनि आजै हुने अपेक्षा गरिएको छ ।