• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • भिडियो
×
मङ्गलबार, मङि्सर ०२, २०८२
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • भिडियो

भर्खरै

जेन-जी आन्दोलनमा सहिद भएकालाई श्रद्धाञ्जली दिँदै सामूहिक भाइटीका

दाजुभाइले एकापसमा लगाए भाइटीका

राष्ट्रपति पौडेलबाट शुभसाइतमा बहिनीहरूबाट तिहारको टीका ग्रहण

देशभर तिहारको चहलपहल (फोटोफिचर)

मिथिलामा आज ‘भैयादुज’ पर्व : बाँकेमा ‘भुर्की पूजन’ गरिँदै

दिदीबहिनी र दाजुभाइ नहुनेका लागि आज रानीपोखरीको बालगोपालेश्वर मन्दिर खुला

तिहारको मुख्य दिन आज भाइटीका : उत्तम साइत विहान ११ बजेर ३९ मिनेटमा

भाइटीकाको दिन आज धेरै ठाउँको मौसम सफा : पहाडी एकरदुई ठाउँमा हल्का वर्षाको सम्भावना

अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ घट्न थाल्यो : दुई दिनमा ७ प्रतिशतभन्दा बढीको गिरावट

लोकप्रिय समाचार

जेनजी आन्दोलन : घाइतेको उपचार निःशुल्क, वर्गीकरण गर्न प्राविधिक समिति गठन


काठमाडौं : जेनजी आन्दोलनका क्रममा घाइते भएकाको सम्पूर्ण उपचार निःशुल्क भइरहेको छ। तत्कालीन स्वास्थ्यमन्त्री प्रदीप पौडेलले मन्त्री रहेकै अवस्थामा आन्दोलनमा घाइते भएकाको उपचार निःशुल्क गर्ने घोषणा गरे अनुरुप नै काम भइरहेको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिए।

Advertisement

उनका अनुसार उपचाररत घाइतेलाई अस्पताल ल्याउने र घर पुर्याउने काम समेत सरकारले गरिरहेको छ। गत भदौ २३ र २४ गते भएको हिंसात्मक प्रदर्शन क्रममा घाइते भएका २४ जना अझै विभिन्न अस्पतालमा उपचाररत रहेका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार घाइतेमध्ये सबैभन्दा धेरै १० जनाको राष्ट्रिय ट्रमा सेण्टरमा उपचार भइरहेको छ भने वीर अस्पतालमा तीन जना, काठमाडौं मेडिकल कलेज सिनामंगल र टिचिङमा तीनतीन जना घाइतेको उपचार भइरहेको छ।

त्यस्तै पाटन अस्पताल, नेपाल पुलिस अस्पताल र नेपाल मेडिकल कलेज टिचिङ अस्पताल विराटनगरमा एकएक जना र बि एण्ड बि अस्पतालमा दुई जनाको उपचार भइरहेको मन्त्रालयको विवरणमा उल्लेख छ।

उपचाररत घाइतेको संवेदनशील अंग आँखा, कञ्चट, चिउडो, छाति तथा पेटमा गोली लागेको र कति जनाको खुट्टा नै काम नलाग्ने अवस्थामा रहेको प्रवक्ता डा. बुढाथोकीले बताए।

आन्दोलनका घाइतेको वर्गीकरण गर्न प्राविधिक समिति गठन
आन्दोलनका घाइतेको वर्गीकरण गर्न विज्ञ सम्मिलित १० सदस्यीय प्राविधिक समिति गठन गरिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा. सरोज शर्माको संयोजकत्वमा १० सदस्यीय समिति गठन भएको हो। समितिले जेनजी आन्दोलनमा घाइते भएर उपचार गराइरहेका बिरामीहरूको स्वास्थ्य जटिलता अनुसार वर्गीकरण गर्नेछ।

यसअघि गत १२ असोजको मन्त्रिपरिषद् बैठकले २३ र २४ भदौमा भएको प्रदर्शनका क्रममा घाइते भएका व्यक्तिको वर्गीकरण गर्न विज्ञ सम्मिलित प्राविधिक समिति गठन गर्ने जिम्मा स्वास्थ्य मन्त्रालयलाई दिएको थियो। सोही अनुरुप विज्ञ समिति गठन भएको मन्त्रालयका प्रवक्ता डा. बुढाथोकीले बताए।

डा. सरोज शर्मा संयोजक भएको उक्त समितिको सदस्यमा निजामती कर्मचारी अस्पतालमा कार्यरत डा. रविन पण्डित, मानसिक अस्पतालका मानसिक रोग विशेषज्ञ डा. ईश्वरी खनाल, गृह मन्त्रालयका उपसचिव सुप्रभा ढुंगेल, स्वास्थ्य मन्त्रालयका उपसचिव ईश्वरीप्रसाद ढकाल, राष्ट्रिय ट्रमा सेन्टरका हाडजोर्नी रोग विशेषज्ञ डा. विनोद शेरचन, त्रिवि शिक्षण अस्पतालका स्नायु रोग विशेषज्ञ डा. गोपाल सेडाईं , वीर अस्पतालका नाक कान घाँटी रोग विशेषज्ञ डा.अनिल जिसी, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका जनरल मेडिसिन विशेषज्ञ डा. सुमन थापा र डा. शंकर ठाकुर रहेका छन्।

समितिको सदस्य रहेका मन्त्रालयका उपसचिव ढकाललाई सदस्य सचिवको जिम्मेवारी दिएको छ। २३ र २४ भदौमा भएको जेनजी नेतृत्वको आन्दोलनमा घाइते भएर अस्पतालमा आएका दुई हजार पाँच सय ७१ मध्ये दुई हजार चार सय ९८ जना निको भएर घर फर्किसकेका छन्।

आन्दोलनका क्रममा ७४ जनाको मृत्यु भएको गृह मन्त्रालयको तथ्यांकमा उल्लेख छ। संयोजक शर्माले घाइतेको वर्गीकरण गर्नका लागि विज्ञसहितको टोलीले कार्यविधि बनाएर काम सुरु गर्ने जनाइएको छ।

सरकारले जेनजी आन्दोलनमा घाइते भएकालाई वर्गीकरण गरेर सोही अनुरुपको सेवा सुविधा दिने तयारी गरेको छ। कस्तो अवस्थाका कति घाइते छन् र तिनीहरूलाई भविष्यमा के कस्तो सेवा सुविधा आवश्यक पर्छ भनेर प्रतिवेदन सरकारलाई बुझाउने तयारी मन्त्रालयले गरेको छ।

यसअघि सरकारले जेन–जी आन्दोलनमा घाइते भएका बिरामीलाई अबको दिन थप उपचार र फलोअपका लागि देशभरका १६ वटा अस्पतालमा डेडिकेटेड जेन–जी क्लिनिक समेत खोली सकेको छ।

उपचारमा सहजताका लागि १६ अस्पतालमा फोकल पर्सन र एम्बुलेन्स चालक समेत तोकिएको छ। गृह मन्त्रालयले जेनजी आन्दोलनका घाइतको फलोअप उपचार व्यवस्थित होस् भन्ने उद्देश्यले काठमाडौं उपत्यकासहित देशभरका १६ अस्पतालमा जेनजी क्लिनिक सञ्चालनमा ल्याएको हो।

जेन–जी क्लिनिक स्थापना गरिएका १६ अस्पतालहरूमा काठमाडौं उपत्यकामा वीर अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, निजामती कर्मचारी अस्पताल (सिभिल) अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र त्रिवि शिक्षण अस्पताल रहेका छन्।

यस्तै कोशी प्रदेशमा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र कोशी अस्पताल विराटनगर, मधेश प्रदेशमा नारायणी अस्पताल वीरगञ्ज र गजेन्द्र नारायण सिंह अस्पताल सप्तरीमा जेनजी क्लिनिक स्थापना गरिएको छ।

यसैगरी बागमती प्रदेशमा चितवनको भरतपुर अस्पताल र गण्डकी प्रदेशमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जेनजी क्लिनिक स्थापना गरिएको छ।

लुम्बिनीमा भेरी अस्पताल नेपालगञ्ज र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही, कर्णालीमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला तथा सुदूरपश्चिममा डडेलधुरा अस्पताल र गेटा अस्पताल धनगढीमा जेनजी क्लिनिक स्थापना गरिएको छ।

  • घाइतेको वर्गीकरण
  • जेनजी आन्दोलन
  • प्राविधिक समिति गठन
बुधबार, असोज २९, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

जेन-जी आन्दोलनमा सहिद भएकालाई श्रद्धाञ्जली दिँदै सामूहिक भाइटीका
दाजुभाइले एकापसमा लगाए भाइटीका
राष्ट्रपति पौडेलबाट शुभसाइतमा बहिनीहरूबाट तिहारको टीका ग्रहण
देशभर तिहारको चहलपहल (फोटोफिचर)
मिथिलामा आज ‘भैयादुज’ पर्व : बाँकेमा ‘भुर्की पूजन’ गरिँदै
दिदीबहिनी र दाजुभाइ नहुनेका लागि आज रानीपोखरीको बालगोपालेश्वर मन्दिर खुला

लोकप्रिय

भर्खरै

  • १.
    जेन-जी आन्दोलनमा सहिद भएकालाई श्रद्धाञ्जली दिँदै सामूहिक भाइटीका

  • २.
    दाजुभाइले एकापसमा लगाए भाइटीका

  • ३.
    राष्ट्रपति पौडेलबाट शुभसाइतमा बहिनीहरूबाट तिहारको टीका ग्रहण

  • ४.
    देशभर तिहारको चहलपहल (फोटोफिचर)

  • ५.
    मिथिलामा आज ‘भैयादुज’ पर्व : बाँकेमा ‘भुर्की पूजन’ गरिँदै

  • ६.
    दिदीबहिनी र दाजुभाइ नहुनेका लागि आज रानीपोखरीको बालगोपालेश्वर मन्दिर खुला

  • ७.
    तिहारको मुख्य दिन आज भाइटीका : उत्तम साइत विहान ११ बजेर ३९ मिनेटमा

  • ८.
    भाइटीकाको दिन आज धेरै ठाउँको मौसम सफा : पहाडी एकरदुई ठाउँमा हल्का वर्षाको सम्भावना

हाम्रो बारेमा

www.muldharmedia.com
Address
Bharatpur-9, Chitwan
Registration Number:
1234xxxxxx

सम्पर्क

Phone Number
98XXXXXXX
Email
muldharmedia@gmail.com

हाम्रो टीम

सम्पादक
गणेश अमगाई
संचालक/संवाददाता
प्रकाश आचार्य
संवाददाता
निरज सुवेदी
अमृत अधिकारी
हरी प्रसाद आचार्य

Copyright ©2025 Muldhar Media | All rights Reserved.
 Website By :  nwTech.